१९ कार्तिक २०८३, बिहिबार

दाङमा भरुवा बन्दुकसहित एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bharuwa-banduk

दाङ, १८ कात्तिक । दाङ प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गढवावाट गएको प्रहरीको विशेष टोलीले एक नाल भरुवा बन्दुकसहीत राजपुर ४ बस्ने वर्ष ४६ का मनसुर घर्तिलाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी बताए ।

गोप्य सूचनाको आधारमा भरुवा बन्दुकसहित घर्तिलाई घटनास्थलबाट पक्राउ गरिएको एसपी सिंहले बताए । घर्तीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसपी सिंहले पक्राउ परेका घर्तिको प्रहरी रेकर्ड हेर्दा राम्रो नभएको र चोरी शिकारीमा संलग्न रहदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।