– मोहन पौडेल
परासी, १९ कात्तिक । नवलपरासी जिल्लामा १५ वटा स्थानीय तह बनाउन जिल्लाका राजनीतिक दलहरु सहमतिमा पुगेका छन् ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति नवलपरासीले जिल्लाका राजनितिक दल तथा सांसदहरु सँग गरेको अन्तरक्रिया कार्यक्रमबाट दलहरु सहमति नजिक पुगेका हुन । निष्कर्षमा भने नपगेको दलहरुले बताएका छन् ।
हाल नवलपरासी जिल्लामा रहेका सात वटा नगरपालिकालाई नगरपालिकाकै हैसियतमा राख्ने र अन्य गाविसहरुलाई मिलाएर ८ वटा गाउँपालिका बनाउने गरि सहमति नजिक पुगेको नेपाली काग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले बताउनुभयो ।
जनसंख्या र भुगोललाई समेत ध्यान दिएर र जनताले सहज सुविधा पाउने गरि १५ वटा स्थानीय तह बनाउने लगभग निश्चीत भएको एमाले जिल्ला अध्यक्ष रोशन गाहाले बताउनुभयो ।
कार्यक्रममा स्थानीय तह पुर्नसंरचनाको लागि सकरात्मक छलफल भएको तर निष्कर्समा नपुगेकाले फेरि एक दुई दिनमै बैठक बसेर निष्कर्समा पुग्ने गरि बैठक सकिएको सांसद सिन्धु जलेसाले बताउनुभयो ।मधेस केन्द्रीत दलहरु सिमांकन लगायतका मुद्धा लिएर आन्दोलनमा रहेकाले जिल्लामा पनि त्यस्को प्रभाव परेको छ । बैठक मधेसी मोर्चाले बहिस्कार गरेको थियो ।
आफूहरुले उठाउँदै आएका सीमांकन लगायतका मुद्धा सम्बोधन नभए सम्म पुनर्संरचना मान्य नहुने मधेसी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति विष्णु लामिछाने, एमालेका जिल्ला अध्यक्ष रोशन गाहा, माओवादी केन्दका राजु हरिजन र किशन शर्मा, नेकपा मालेका डिलाराम पाण्डे लगायतका दल तथा सांसदहरु जिवन श्रेष्ठ, कृष्ण पौडेल, विक्रम खनाल, सिन्धु जलेसा, दुलारी हरिजन लगायतको सहभागिता रहेको थियो ।
छलफल स्थानीय तह पुनंसरचनाका लागि गति लिने गरि सकरात्मक भएको र अव अर्काे बैठक बसेर निष्कर्समा पुग्ने सहमति भएको प्राविधिक समितिका सदस्य सचिव प्रकाश पन्थीले लाई बताउनुभयो । न्युनतम ११ देखि १५ वटा सम्म स्थानीय तह बनाउने गरि छलफल भएको उहाँले बताउनुभयो । प्राविधिक सहयोग समितिका अध्यक्ष एवँ स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।













प्रतिक्रिया