२ कार्तिक २०८३, सोमबार

कतार एयरवेजद्वारा बिजनेश क्लासमा एक्सक्लुजिव कम्पानियन अफर सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

qatar_offer-photoकाठमाडौं, १८ कात्तिक । कतार एयरवेजले आफ्नो अनबोर्ड “वल्र्ड्स बेष्ट बिजनेश क्लास” अन्तर्गत एक्सक्लुजिव कम्पानियन अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत एयरवेजले एकसाथ यात्रा गर्ने योजना बनाएका जोडीका लागि उत्कृष्ट यात्रा अनुभव प्रदान गर्ने उद्देश्य रहेको जानकारी दिएको छ । सन् २०१६ नोवेम्बर १ देखि ७ सम्म जोडी, साथी तथा परिवारले “टू सिट््स, वान ग्रेट अफर” योजनाको फाइदा उठाउन सक्नेछन् । सन् २०१६को १५ नोवेम्बर देखि सन् २०१७को १५ जून सम्म कतार एयरवेजको विश्वब्यापी सञ्जालमा यात्राका लागि योजनाको सदुपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । साथै, प्रमोशन अवधि भर कतार एयरवेजको लोयल्टि प्रोग्राम प्रिभ्लेज क्लबका सदस्यले हरेक बुकिङमा दोब्बर क्यूमाइल प्राप्त गर्न सक्नेछन् ।

यस योजना मार्फत फाइदा उठाउनका लागि यात्रुले qatarairways.com/np लगअन, +९७७ १ ४४४०४६७मा फोन वा नजिकको ट्राभल एजेन्टसँग सम्पर्क गर्न सक्नेछन् ।

“अहिलेको ब्यस्त होलिडे सिजनमा सार्वजनिक गरिएको यो अफरले परिवार तथा यात्राको बारेमा सोची रहेका मानिसलाई आफ्ना नजिकका मानिससँग वर्ल्ड बेष्ट बिजनेश क्लासको अनबोर्ड लग्जरीको अनुभव लिन उल्लेख्य मात्रामा सघाउने छ” कतार एयरवेजका चिफ कमर्शियल अफिशर डा. ह्यूग डनलिभिले भने “यसले हाम्रा यात्रुलाई आफ्ना नजिकका मानिससँग यात्राको मिठो अनुभव आफ्नो स्मृतिमा सदाका लागि सजाइराख्न उल्लेख्य सहयोग पुग्ने हाम्रो विश्वास छ ।”

आफ्ना यात्रुलाई यात्राको समयमा उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ कम्पनीले विभिन्न लग्जरी ब्राण्ड्ससँग सहकार्य गर्दै आइरहेको छ । उदाहरणका लागि कम्पनीले यात्रुका लागि यात्राको समयमा अनबोर्ड चकलेटको मज्जा दिने सोचका साथ लग्जरी फ्रेञ्च चोकोलाटियर भालरोहना तथा कतार एयरवेजका हेड सेफ नोबु माट्सुहिसा लगायत विश्व प्रख्यात शेफहरु मार्फत इनफ्लाइट डायनिङ अनुभव लिन सकिन्छ ।