१ कार्तिक २०८३, आइतबार

भूपू लाहुरे विशेष शो तयारीमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhupu-lahure-a-gurung-solt-film-bises-show

काठमाडौं । भूपू लाहुरे कल्याणकारी क्लब स्थापनार्थ एन्. जी. ईन्टरटेनमेन्ट, नेपालले भूपू लाहुरे नेपाली चलचित्रको धरान र ईटहरीमा विशेष शो गर्ने भएको छ । कलाकार गुरूङ सोल्टीको प्रस्तुती रहेको चलचित्र भूपू लाहुरेले तमु (गुरूङ) समुदायको विशेष पर्व ल्होसारको अवसरमा विशेष शो गर्न लागेको हो ।

किराँत राई यायोक्खा, हङकङ्का अध्यक्ष रजीन राईको प्रमुख आतिथ्यमा ईटहरीको मकालु होटलमा बुधबार गरिएको पत्रकार भेट्घाट कार्यक्रममा चलचित्रको विशेष शो बारे जानकारी गराईयो । धरान, ईटहरीपछि बुटवलमा पनि विशेष शो गरिने छ । विशेष भूपू लाहुरे, उनीहरुका रिटायर्ड जीवन र तिनका सन्तानका बारे आधारित कथामा निमार्ण भएको चलचित्रलाई हङकङ्गमा रहनुभएकी विट्रिस आर्मीका सार्जन्ट श्रीमती दिलकुमारी गुरूङको मुख्य लगानी रहेको छ ।

प्रेम सुब्बाको मुख्य भूमिका रहेको चलचित्रमा योगिता गुरूङ, रोमियन लिम्बु, अपर्णा राई लिम्बु, राजन भण्डारी, बाल कलाकार सिद्धार्थ श्रेष्ठ लगायतको भूमिका रहेको छ । राजेशपायाल राई, मेलिना राई, सुनिता थेगिम सुब्बा तथा नेपाल आईडल विक्रम राईले स्वर दिएका गीतहरुमा गुरूङ सोल्टीको संगीत छ । शव्द पनि उनकै हो । छायाँकन दिव्य सुवेदी, सम्पादन अनन्त थपलिया तथा ब्याकग्राउण्ड स्कोर विनोद कुमार भूजेलले गरेका हुन् ।

काठमाण्डौंको किण्डल सिने वर्क फ्लो रेड स्टुडियोमा पोष्ट प्रोडक्शन गरिएको चलचित्र निमार्ता कालसिं राई र सम्शेर गुरूङ हुन् । नवीन गुरूङ चलचित्रका लेखक तथा निर्देशक हुन् ।