२० कार्तिक २०८३, शुक्रबार

संविधान संशोधनमा एमाले पछाडि हट्न नहुने : पूर्व शिक्षामन्त्री पोखरेल

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girirajmani_pokharelमहोत्तरी, १८ कात्तिक । संविधान संशोधन प्रक्रियामा नेकपा (एमाले) पछाडि हट्न नहुनेमा नेकपा (माओवादी केन्द्र)का सदस्य एवम् पूर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जोड दिनुभएको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित लक्ष्मी चण्डिका मुरारका उच्चमाध्यमिक विद्यालयमा प्राङ्गणमा प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको स्मृतिमा निर्माण हुने पुस्तकालय शिलान्यासका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

संविधान जारी हुनु अगाडि नै प्रमुख दलबीच आवश्यक परे संशोधन गर्न सकिने गरी सहमति भएकाले अब नेकपा एमालेले संविधान संशोधन प्रक्रियाबाट पन्छिन नहुनेमा पूर्व मन्त्री पोखरेलले जोड दिनुभयो ।

अबको केही दिनमै मधेसी मोर्चालगायत असन्तुष्ट पक्षको माग सम्बोधन हुने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता हुने र त्यसमा सीमाङ्कन, भाषा, नागरिकता र राष्ट्रियसभाजस्ता विषय समेटिने उल्लेख गर्नुभयो ।

करिब रु ६० लाखको लागतमा सो पुस्तकालय निर्माण हुने भएको छ ।

कार्यक्रममा जल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाल, विद्यालयका प्रधानाध्यापक सञ्जीव झा, नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हरि मण्डल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य राजु खड्कालगायले सहिद ठाकुरको योगदानबारे चर्चा गरेका थिए । रासस