२९ आश्विन २०८३, बिहिबार

बागलुङमा ३ सय ९४ किलोवाटको आयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Micro Hydro Nepalबागलुङ, १७ भदौ । जिल्लाको तारा गाविसमा निर्माणाधीन ताराखोला सामुदायिक जलविद्युत् आयोजनाको सिभिलतर्फको निर्माण कार्य पूरा भएको छ ।

अढाई वर्ष अघिदेखि सुरु भएको ३९४ किलोवाट क्षमताको उक्त आयोजनाको सिभिल चरणका पूर्वाधार निर्माणको काम सकिएको जनाइएको छ ।

आगामी डेढ वर्षभित्र तारा, हिल र अर्गल गाविसका दुई हजार २०० घरधुरीमा बिजुली बाल्ने लक्ष्यका साथ आयोजना निर्माणको कामलाई तीव्रता दिइएको आयोजनाका अध्यक्ष तीर्थसिंह थापाले बताए ।

हालसम्म करिब पाँच करोडको लागतमा मुहान, ९०० मिटरको कुलो, फोरवे, डिस्टेनिङलगायतका सिभिल निर्माणका काम पूरा भइसकेको अध्यक्ष थापाले जानकारी दिए ।

त्यस्तै ३०० मुख्य लाइनका पोल पनि गाडिसकिएको छ । सिभिल कामबाहेक बाँकी रहेका मेकानिकलतर्फको कामका लागि टेन्डर आह्वानको प्रक्रिया अघि बढेको अध्यक्ष थापाको भनाइ छ ।

मेकानिकल ११ सय मिटरको पेनस्टक पाइप बिछ्याउनेदेखि, पावरहाउस, ट्रमाइन, जेनेरेटर, तार, ४६५ मूल्य लाइनका पोल, एक हजार ७०० शाखा लाइनका पोल विस्तारलगायतका कामका लागि टेन्डरमार्फत नयाँ कम्पनीलाई कामको जिम्मा लगाइने भएको हो ।

आयोजनाका लागि तारा–८ घप्लेङमा मुहान निर्माण गरी कुलोमार्फत पानी ल्याएर तारा–८ कै धस्मरमा पावर हाउस निर्माण गरी विद्युत् निकाल्न लागिएको हो ।

आयोजनाका लागि नेपाल सरकारअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले छ करोड २७ लाख ८० हजार अनुदान स्वीकृत गरिसकेको छ ।