३० आश्विन २०८३, शुक्रबार

बहुविवाह गरेको आरोपमा गिरी पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadiइलाम, १७ भदौ । बहुविवाह गरेको आरोपमा प्रहरीले इलाम जीतपुर–४ का ३८ वर्षीय प्रकाश गिरीलाई आज घरबाटै पक्राउ गरेको छ ।

गिरीकी जेठी श्रीमती राधादेवीले बहुविवाह गरेको भन्दै गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ १३ गते जाहेरी दिएकी थिइन् ।

प्रकाशसँगै कान्छी श्रीमती २४ वर्षीया कल्पना गिरीलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए । प्रकाशले कल्पनालाई साउन ९ गते दोस्रो विवाह गरेका थिए ।