१ कार्तिक २०८३, आइतबार

५१ बर्षमा शाहरुख खान, यस्तो छ गरिबीदेखि विश्वकै धनी कलाकारसम्मको यात्रा

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shahrukh-khanमुम्बई । बलिउडका बादशाह अभिनेता शाहरुख खान आजबाट ५१ बर्षमा प्रवेश गरेका छन् ।

सन् १९६५ नोभेम्बर २ तारिखमा सामान्य परिवारमा जन्मिएका साहरुख टेलिभिजन हुँदै बलिउडमा प्रवेश गरेका थिए । उनलाई बलिउडले नाम, दाम र चर्चा सबै दिलाएको छ ।

साहरुख आज विश्वकै सर्वाधिक लोकप्रिय नायक बनेका छन् । विश्वकै दोश्रो धनी कलाकार समेत रहेका साहरुखसँग ६ सय करोड डलर सम्पत्ती छ ।

दिल्लीबाट मुम्बई आउँदा १५ सय रुपैयाँ बोकेर आएका साहरुखले कैयौ रात सडकमा पनि बिताएका छन् । तर, उनलाई पहिलो चलचित्र ‘दिवाना’को सफलताले नै स्टार बनाइदियो ।

यस्तो छ गरिबीदेखि विश्वकै धनी कालाकारसम्मको शाहरुखको यात्राः

१.शाहरुखको जन्म २ नोभेम्वर १९६५ मा भारतको राजधानी दिल्लीमा भएको थियो ।

२. उनलाई ‘बादशाह’ र ‘किंग खान’को नामले समेत पुकारिन्छ ।

३. शाहरुख बालापन देखी नै कलाकारितामा झुकाव राख्थे । केहि चर्चित कलाकारको अभिनय देखाएर स्टेजमा निकै तारिफ पाउँथे ।

४. बालापनमा अभिनेत्री अमृता सिंह उनकी साथी थिइन्, जसले पछि मुम्बई आएर फिल्ममा काम गरिन् ।

५. शाहरुखले अभिनयको शिक्षा ‘बेरी जोन’को एकेडेमीबाट लिएका हुन् ।

६. दिल्लीको हंसराज कलेजबाट ब्याचलर गरेका शाहरुखले जामिया मिलिया यूनिभर्सिटीबाट मास्टर्सको पढाई शुरु गरेका थिएए तर अभिनयमा लागेपछि बीचमा नै पढाई छोडेका थिए ।

७. शाहरुखले ६ बर्षको रिलेशनपछि छिब्बर (गौरी खान)सँग २५ अक्टुबर १९९१ मा विवाह गरेका हुन् र उनका तीन सन्तान छन्, छोरा आर्यन, छोरी सुहाना र छोरा अबराम ।

८. शाहरुखले शुरुवाती दिनमा ‘सर्कस’ र ‘फौजी’ जस्ता सिरियलमा काम गरेका थिए । पछि मुम्बई आएर हेमा मालिनीको निर्देशनमा बनेको पहिलो फिल्म ‘दिल आशना है’बाट फिल्म अभिनय शुरु गरेका हुन् ।

९. शाहरुखले ‘डर’ ‘बाजीगर’ ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘देवदास’ ‘कभी हां कभी ना’, ‘करन अर्जुन’, ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’ ‘चक दे’ ‘चेन्नई एक्सप्रेस’, हैप्पी न्यू ईयर’ तथा ‘दिलवाले’ जस्ता साठी बढि फिल्ममा अभिनय गरेका छन् । आगामी बर्ष उनको ‘रईस’ रिलीज हुँदैछ ।

१०. फिल्मको साथ-साथ टिभिको दुनियामा समेत ‘केबीसी’ तथा ‘जोर का झटका’ जस्ता शोको होस्ट गरेका छन् ।