१ कार्तिक २०८३, शनिबार

तिहारमा मुस्ताङबाट पाँच हजार च्याङग्रा बाहिरिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

changraमुस्ताङ, १७ कात्तिक । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा हिमाली जिल्ला मुस्ताङबाट पाँच हजार च्याङग्रा बाहिरिएका छन् । दसैँभन्दा तिहारमा एकदमै न्यून मात्रामा च्याङ्ग्रा बाहिरिन्छन् । दसैँमा यसबर्ष २१ हजार भेडाच्याङग्रा निर्यात भएको थियो ।

जिल्ला कृषि विकास कार्यालय मुस्ताङले म्याग्दी र मुस्ताङको सिमाना घासाबाट हरेक दसैँ र तिहारमा जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । तिहार आसपासमा पाँच हजार च्याङ्ग्रा निर्यात भएको कार्यालयका खरिदार राजेन्द्र समान्तले जानकारी दिनुभयो ।

“यो अघिल्लो तिहारभन्दा पनि कम हो”, उहाँले भन्नुभयो, “दसैँभन्दा तिहारमा मासुका परिकार कम खाने संस्कारले कम निर्यात भएको हो ।” जिविसले भने जिल्लाबाट निर्यात हुने प्रतिच्याङ्ग्रा ७५ रुपैयाँका दरले कर सङ्कलन गर्दै आएको छ । “दसैँको सिजनमा करिब १७ लाख रुपैयाँ कर सङ्कलन भएको थियो”, उहाँले भन्नुभयो, “साढे तीन लाख रुपैयाँ कर उठेको छ ।” च्याङग्राको उत्पादन बढेसँगै यसको मूल्य पनि घट्दै गएको छ ।

तिहारमा १० देखि १३ हजारको हाराहारीमा बिक्रीवितरण भएको थियो । मुस्ताङको तल्लोभन्दा उपल्लो क्षेत्रमा व्यावसायिक रुपमा च्याङ्ग्रापालन गरिएको छ । लोमान्थाङसहित छोसेर, छोन्हुप, घमी, मुक्तिनाथ, घमी र सुर्खाङ गाविस भेडाच्याङ्ग्रा पाल्नका लागि पकेट क्षेत्र हुन् ।

दसैँमा बिक्री भएको भेडाच्याङ्ग्रा बजारमा पूर्णरुपले बिक्री भइनसकेका कारण तिहारमा कम च्याङ्ग्रा निर्यात भएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा नन्दलाल बर्माले जानकारी दिनुभयो । मुस्ताङबाट बाहिरिने च्याङ्ग्रा बेनी, पोखरा, बाग्लुङ, कुश्मा, चितवन र काठमाडौँसम्म पुग्ने गरेका छन् । रासस