काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधानका बारेमा सकारात्मक भएर लेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
कोइरालालाई पोखरामा भदौ २१ गतेदेखि हुने नेपाल प्रेस युनियनको आठौं महाविधेशनको निमन्त्रणा दिन आज विहान बालुवाटार पुगेको पत्रकारहरुको टोलीसँग कोइरालाला संविधानका बारेमा सकारात्मक लेख्नुपर्ने जनाएका हुन् । युनियनका कार्यबाहक अध्यक्ष बद्री सिग्देलसहितका प्रतिनिधिहरु प्रधानमन्त्री कोइरालालाई निमन्त्रणा दिन पुगेका थिए ।
कोइरालाले मुलुकमा ठूलो परिवर्तन हुन आँटेको बताउँदै भने, ‘संविधानका बारेमा सकारात्मक लेख्नुस । जनतालाई अलर्ट गर्नुस ।’
उनले वर्तमान संविधानसभाप्रति नेपाली जनताको ठूलो आशा रहेको बताउदै कसैले गल्ति गरेको भए सोको उजागर गर्न पनि आग्रह गरे ।
कोइरालाले संविधान जारी भएपछि आफूले सरकारको नेतृत्व छाडिदिने बताएका छन् । उनले भने, ‘संविधान बनेपछि देश नयाँ परिवेशमा जान्छ ।’















प्रतिक्रिया