बाँके, १६ कात्तिक । आर्थिक वर्ष २०७३/७४ को तीन महिनामा बाँके जिल्लामा एक सय ७९ उद्योग दर्ता भएका छन् ।
चालु आवको साउन, भदौ र असोजमा यी उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख कमलप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
दर्ता भएका उद्योगमा उर्जा, होटल, रेष्टुरेन्ट, पर्यटन सम्बन्धि र सेवातर्फका रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै होटल र रेष्टुरेन्ट खुल्ने क्रम बढ्दो अवस्थामा रहेको बताइएको छ ।
आव २०७२/७३ मा स्थापना भएका ६३० उद्योगमा एक हजार २५२ महिला र दुई हजार ५१७ पुरुषले रोजगारी पाएका थिए । ती उद्योगले सो अवधिमा रु चार अर्ब १७ करोड ३७ लाख ५६ हजार लगानी गरेका थिए ।
उद्योग दर्ताबाट रु ५० लाख ६३ हजार राजस्व सङ्कलन भएको थियो । पछिल्लो समय जिल्लामा कृषि तथा वन सम्बन्धि उद्योग दर्ता हुने क्रम बढेको छ । आव २०७२/७३ मा ४०८ वटा कृषि तथा वन सम्बन्धि उद्योग दर्ता भएका छन् । रासस















प्रतिक्रिया