३० आश्विन २०८३, शुक्रबार

जिप दुर्घटना हुँदा पाँच घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bardiya-mapबर्दिया, १७ भदौ । बगनाह गाविस–१ ढुङ्ग्रहवामा आज जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

भुरिगाउँबाट गुलरिया आउँदै गरेको ना१ज १३३८ नम्बरको जिप बगनाह गाविसको ढुङ्ग्रहवामा दुर्घटना भएको हो ।

दुर्घटनामा नेउलापुर– ९ का अमेरिका थारु, रुपकला कार्की, विमला योगी, मालाखेती– ७ कैलालीकी ललि आचार्य र सानोश्री– ९ की ममता पाण्डे घाइते भएका छन् ।

घाइतेको उपचार नेपालगन्जमा भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अमेरिका थारुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकरजंग विष्टले बताए ।