जाजरकोट, १७ भदौ । साउन २८ गतेदेखि परेको अबिरल वर्षासँगै आएको पहिरोले बारेकोटका तीन वटा गाविसमा करिब रु छ करोडभन्दा बढीको क्षति भएको छ ।
जिल्लाका तीन गाविस रामीडाँडा, रोकायगाउँ र सक्लामा गरी छ करोडभन्दा बढीको क्षति भएको प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले बताए ।
उनले दिएको जानकारीअनुसार प्राकृतिक विपद्मा परी दुई जनाको मृत्यु भएको छ र अरु दुई जना बेपत्ता भएका छन् । त्यस्तै १३ जना घाइते भएका छन् ।
पूर्णरुपमा ४५ वटा घर ध्वस्त भएका छन् । आंशिक रुपमा ४४ वटा घर क्षति भएका छन् । खानेपानीका नौ वटा आयोजना पूर्णरुपमा ध्वस्त भएका छन् ।
तीन सय ४१ रोपनी धान रोपेको खेत पहिरोले पुरेको प्रजिअ चौधरीले बताए ।
मकै, कोदो, आलु लगाएको पाखो ८४९ रोपनी जमिनमा क्षति भएको छ । खोला वारपार गर्न जोडिएका २६ काठे पुल, बिजुलीका तीन वटा नहर, अन्न पिस्ने घट्ट ४४ वटा र दुई झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् ।















प्रतिक्रिया