३० आश्विन २०८३, शुक्रबार

नेकपा–माओवादी निकट शिक्षक संगठनलाई आधिकारिकता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flagकाठमाडौं १७, भदौ । नेकपा–माओवादी निकट अखिल नेपाल शिक्षक संगठनलाई श्रम कार्यालयले आधिकारिकता प्रदान गरेको छ ।

माउ पार्टीको विभाजनसँगै शिक्षक संगठन पनि विभाजन भएको थियो । एमाओवादी र नेकपा–माओवादीको विभाजनपछि एउटै नामबाट दुई संगठनको अवस्था थियो ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष लालबाहादुर बिसीले लामो समयदेखि एउटै नाममा दुई संगठन चलेपनि अबदेखि त्यसको अन्त्य भएको बताए । उनले भने, ‘अब हामी शैक्षिक क्षेत्रमा भएका समस्याका विरुद्ध नयाँ कार्यक्रममा ल्याउछौं ।’

कोषाध्यक्ष रमेश रुपाखेतीले अब अखिल नेपाल शिक्षक संगठनको नाममा कसैले कुनै कार्य गरेमा कानुनी कार्वाहीको प्रक्रिया जाने बताए ।

दुवै संगठनले आफू आधिकारिक भएका दावी गर्दै श्रम कार्यालयमा निवेदन दिएका थिए ।