३ कार्तिक २०८३, मंगलबार

चितवनमा गैंडा तस्कारलाई १५ वर्षको सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rhinoचितवन, १७ भदौ । चितवन राष्ट्रिय निकुञ्जले पाँच जनालाई एक सिङ्गे गैंडा मारेको अभियोगमा १५ वर्ष सम्मको कैद सजायको फैसला गरेको छ ।

५ वर्षअघि गैंडा मारेर खाग बिक्री गर्ने कार्यमा संलग्न ५ जनाको गिरोहलाई १२ देखि १५ वर्षसम्मको जेल तोकिएको हो । उनीहरूलाई ५० हजार देखि १ लाख रुपियाँसम्म जरिवान सजाय फैसला पनि भएको छ ।

२०६७ साल चैत २१ गते निकुञ्जको पूर्वी चितवनको कठार गविसस्थित जिन्दगानी घाटमा उनीहरूले गैंडा मारेका थिए ।

सजाय पाउनेहरूमा मकवानपुर बसामाडी–३ का शेरबहादुर खाती, सोही गाविसका रामशरण विक, पर्सा वागवाना–९ का ओमनाथ निरौला, हुम्ला सिमिकोट–८ घर भई हाल काठमाडौं जोरपाटी–४ बस्ने छिरिङ पाल्दान लामा र काभ्रेपलान्चोक गोकुले–८ घर भई कास्कीको पोखरा पृथ्वी चोकमा बस्ने निमा लामा वाइवा तामाङ रहेका छन् ।

निकुञ्जको भवानीपुर पोष्ट देखि उत्तर नजिक शेरबहादुर खातीले गैंडा मारेर रामशरणले ओमनाथ र निमा लामा हुँदै छिरिङले चिनिया नागरिक हेनालाई खाग खुरसहित हड्डी पनि बचेको अनुसन्धाबाट पुष्टी भएपछि कैद सजायको फैसाल गरिएको निकुञ्जका सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए ।