३ कार्तिक २०८३, मंगलबार

सरकारी पुरस्कार पाउने भाग्यमानी दर्जन बढी पत्रकार, को को परे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Educatation Ministry of nepal

काठमाडौं, १७ भदौ ।  ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७०’ यस पटक ३ जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

महासंघ र विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा सोमबार (भदौ १६ गते) बसेको शिक्षा पत्रकारिता पुरस्कार छनोट मूलसमितिको बैठकले तीन पत्रकारको नाम तय गरेको हो ।

पत्रकार पाउने पत्रकारहरुमा नागरिक दैनिकका रुद्र खड्का (बाँके), नयाँ पत्रिका दैनिकका भवानीश्वर गौतम (काठमाडौं) र गोरखापत्र दैनिकका शेषकान्त पण्डित (काठमाडौं) रहेका छन् । उनीहरुले ७५ हजार राशीको यो पुरस्कार संयुक्तरुपमा पाउने छन् ।

यसैगरी पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने २५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७० पूर्वाञ्चलबाट धु्रव सुवेदी (नागरिक दैनिक, भोजपुर), मध्यमाञ्चलबाट संयुक्तरुपमा मकवानपुरका ध्रुव अधिकारी (राजधानी) र सुनील खड्का (रेडियो निकास), उपत्यकाबाट कृष्णप्रसाद ज्ञवाली (कान्तिपुर, काठमाडौं) र सूर्यप्रसाद पाण्डे (अन्नपूर्ण दैनिक, काठमाडौं)लाई संयुक्त रुपमा दिइने छ ।

पश्चिमाञ्चलबाट रेखीराम राना (गोरखापत्र, पाल्पा) र कृष्ण मल्ल (पाठशाला मासिक, रुपन्देही) संयुक्त, मध्यपश्चिमाञ्चलबाट सुरेन्द्र काफ्ले (अन्नपूर्णपोष्ट, बाँके) र सुदूरपश्चिमाञ्चलबाट प्रकाश सिंह (द हिमालयन टाइम्स दैनिक बाजुरा) लाई प्रदान गर्ने निर्णय गरिएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै उपत्यकासहित ६ क्षेत्रका २\२ जनालाई प्रदान गरिने शिक्षा लेखनवृत्तिअन्तर्गतको पुरस्कार पूर्वाञ्चलबाट अन्नपूर्ण दैनिकका छेटु शेर्पा (संखुवासभा) र सुरेन्द्र भण्डारी (पूर्वाञ्चल दैनिक, झापा), मध्यमाञ्चलबाट संयुक्त रुपमा महेशकुमार दास (नागरिक दैनिक, महोत्तरी), चिना थापा (रेडियो सिन्धुलीगढी, सिन्धुली) र रमा दाहाल (कान्तिपुर टेलिभिजन, काभ्रे) प्रदान गरिने छ ।

उपत्यकाबाट स्मृती गिरी (इमेज टेलिभिजन, काठमाडौं), रोशन क्षेत्री गाउँले (एजुकेशनल पेजेज, काठमाडौं) र निर्जना शर्मा (रिपब्लिका दैनिक, काठमाडौं) संयुक्त, पश्चिमाञ्चलबाट अमरराज नहर्की (गोरखापत्र, तनहुँ) र गगनशिला खड्का (नयाँपत्रिका, गुल्मी), मध्यपश्चिमबाट जनक केसी (नागरिक, जाजरकोट) र धनवीर दाहाल (नेपाल समाचारपत्र, रुकुम) एवं टेकराज भण्डारी (रेडियो रामारोशन, अछाम) र हर्कबहादुर विक (एभिन्यूज टेलिभिजन, कैलाली) सुदूरपश्चिमाञ्चललाई पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । लेखनवृत्तिको राशी १५ हजार रुपियाँ रहेको छ ।

यसैगरी पाँच विकास क्षेत्र र उपत्यकालाई एक क्षेत्र मानी ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’ तर्फ पुर्वाञ्चलबाट त्रियुगा  एफएम (उदयपुर), मध्यमाञ्चलमा जनकपुर एफएम (जनकपुर), उपत्यकामा नेपाल एफएम (ललितपुर), पश्चिमाञ्चलमा रेडियो अन्नपूर्ण (कास्की), मध्यपश्चिमाञ्चलमा रेडिया कर्णाली आवाज (जुम्ला) र सुदूरपश्चिमबाट संयुक्त रुपमा रेडियो रामारोशन (अछाम) र सनसेर एफएम (बैतडी) लाई प्रदान गरिएको छ ।

बीस हजार राशीको यो पुरस्कारका लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरिएको हो ।

त्यस्तै राष्ट्रिय स्तरका दैनिक पत्रपत्रिकालाई प्रदान गरिने ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’ राजधानी दैनिकलाई प्रदान गरिएको छ । राष्ट्रिय स्तरका टेलिभिजनतर्फ प्रदान गरिने ४० हजार राशीकै ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’  सगरमाथा टेलिभिजनलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कारहरु प्रदान गर्दै आएको छ ।