मुम्बई । अभिनेता आमिर खानको आगामी फिल्म ‘दंगल’को ट्रेलरले बलिउडमा नयाँ इतिहास बनाएको छ । युट्युबमा रिलिज भएका फिल्मका ट्रेलरमा ‘दंगल’ सबैभन्दा धेरै हेरिने यही फिल्मको ट्रेलर बनेको छ ।
रिलिज भएको २४ घन्टामा यो फिल्मको ट्रेलर सबैभन्दा धेरै हेरिएको छ । ट्रेलर रिलिज भएको ६ दिनमा यसलाई २४ करोडभन्दा धेरैले हेरेका छन् ।
हरियाणाका पहलमान महावीर सिंह फोगट जीवनमा आधारित फिल्म आमिर खान मुख्य भुमिकामा छन् ।
ट्रेलरमा आमीरको अभिनय र बोलीको व्यापक प्रशंसा गरिएको छ । उनले हरियाणवी (हरियाणामा बोलिने भाषा) शुद्ध बोलेको भन्दै दर्शकले उनलाई ‘मिस्टर पर्फेक्सनिस्ट’समेत भनेका छन् ।
यस्तो छ ट्रेलरः
















प्रतिक्रिया