१२ कार्तिक २०८३, बिहिबार

ऊर्जामन्त्री जनार्दन शर्मा: भेट भएको तेस्रो दिन नै बिहे भयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janardan-laxmi

माओवादी केन्द्रका नेता जनार्दन शर्मा पछिल्लो समय चर्चामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्दा उनले पार्टीअध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतलाई सुइँको दिएनन् । ऊर्जामन्त्रीसमेत रहेका शर्मा पार्टीभित्र र समकक्षी नेताहरूमाझ हक्की स्वभाव भएका नेताका रूपमा पनि चिनिन्छन् । शर्माका बानी र स्वभावबारे पत्नी लक्ष्मीलाई नयाँ पत्रिकाले सोधेको १०१ प्रश्नमध्येको एक अंश पढ्नुस् ।

भेटेको दुई दिनपछि बिहे

– तपाईंहरूको बिहे कहिले भएको हो ?
०४६ साल फागुन ३० गते ।

– प्रेम विवाह कि मागी विवाह ?
मागी विवाह नै हो ।

– पहिलोपल्ट कहाँ भेट भएको थियो, दुईजनाको ?
दाङ, लमहीस्थित हाम्रै घरमा पहिलोपल्ट देखभेट भएको हो । भेट भएको तेस्रो दिन त हाम्रोे बिहे नै भयो ।

– कसरी कुरा छिनियो ?
जनआन्दोलनमा उहाँ काठमाडौंमा हुनुहुन्थ्यो । मेरो दाइ दामोदर पौडेल र उहाँको पहिलादेखि नै चिनजान थियो । नारायणप्रसाद शर्मा लमी भएर आउनुभयो । उहाँ पनि लमही आउनुभयो । कुरा चल्यो, बिहे भयो ।

– बिहेअघि दुईजनाको कुराकानी भएन ?
उहाँ दाइहरूसँगै हाम्रो घर आउनुभएको थियो । मैले भात पकाएर खुवाएँ । सामान्य कुरा भयो, सबैका अगाडि तेस्रो दिन त बिहे नै भयो ।

– के कुरा गर्नुभयो ?
त्यस्तो केही कुरा भएन ।

– दाइहरूले कुरा गरेपछि तपाईंलाई केही सोध्नुभएन ?
मैले भात खुवाइसकेपछि भान्सामा दाइले ‘तेरो बिहे गरिदिन लागेको, तँलाई मन पर्‍यो कि परेन’ भनेर सोध्नुभयो । मैले ‘तपाईंहरूलाई मन परेको छ भने ठिकै छ’ भनेँ ।

– त्यसको कति दिनपछि बिहे भयो ?
तेस्रो दिन त बिहे नै भयो । उहाँको घरबाट कान्छा बुबा, भाइहरू आउनुभयो ।

– घरबाटै बिहे भयो कि बाहिर ?
मेरी ८४ वर्ष पुगेकी हजुरआमा हुनुहुन्थ्यो, उहाँले घरबाटै गरौँ भन्नुभयो ।

– बिहेपछि उहाँको घर रुकुम जानुभयो कि काठमाडौं आउनुभयो ?
बिहेपछि काठमाडौं आयौँ, १५ दिनपछि सल्यान गएँ । बहुदल आएपछि रुकुम गयौँ ।