काठमाडौं, १२ कात्तिक । अग्नि इन्कर्पोरेट प्रा.लि. ले कम्पनी र आफ्ना पिक–अप ग्राहकका बिचको सम्बन्धलाई अझै प्रगढ बनाउने उद्देश्य अनुरुप ल्याएको महिन्द्रा “उदय” योजना अन्तर्गत सेवाग्राहीहरुले विभिन्न सेवा सुविधा प्राप्त गर्नुका साथै विशेष सर्भिसिङ र अन्य सेवाहरुबाट लाभान्वित भएका छन् ।
आफ्ना हरेक सेवाग्राहीहरुकोे सपनाको कदर गर्दै ति सपनाहरुलाई पूरा गर्ने उद्देश्य अनुरुप “उदय” नामक यो योजना लागू गरिदै आएको कम्पनीले जनाएको छ ।
महिन्द्राले ल्याएको यस योजनामा सहभागी ग्राहकहरुका लागि सदस्यता कार्ड प्रदान गरिएको छ र सोहि कार्डको माध्यमद्वारा नजिकैको ग्राहकहरुले अग्नि डिलरहरुबाट विभिन्न सुविधाहरुको लाभ प्राप्त गर्दै आएका छन् । उदय योजनाले मुख्य गरी रू. २ लाखको निःशुल्क दुर्घटना जीवन बीमा, एसएलसीमा उत्कृष्ट २५ छात्र–छात्रालाई रू. २५ हजारको छात्रवृत्ति, स्पेयर पार्ट्स र लुब्रिकेन्टमा १५ प्रतिशत छुट र थप एक फ्रि सर्भिस, रू. २०० को मोबाइल रिचार्ज कार्ड, परिवारका सदस्यहरुका लागि महिन्द्रा सर्भिस क्याम्पमा ग्राहयता प्रदान गर्नुका साथै अन्य वार्षिक लाभदायक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

साथै नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडीहरुको बिक्रेताको रुपमा रहेको अग्नि इन्कर्पोरेटेड, महिन्द्राले दीपावलीको शुभ अवसरमा नेपाली बाटोहरुमा सहज र सरल रुपमा गुडाउन सकिने बिग कार्गो बक्स (9 ft long), 1500kg बिग पेलोड, बिग पावर र बिग कम्फर्टेबल क्यबिन सहितको Big Bolero Pik-UP नेपाली बजारमा ल्याएको छ ।
















प्रतिक्रिया