काठमाडौँ । जनवादी कलाकार लक्ष्मी गुरुङ (डम्बरकुमारी) को महिला हिंसा विरुद्ध जनचेतनामूलक तिहार गीत सार्वजनिक भएको छ ।
सिन्धुलीका लक्ष्मी गुरुङ गीत, संगीत र गायन विधामा पोख्त कलाकार हुन् । उनले भर्खरै बजारमा ल्याएको ‘अनसन सहितको ब्रत’ गीतले नेपाली समाजमा हुने महिला हिंसालाई मुख्य विषय बनाएको छ ।
तिहारमा दाजुभाइको दिर्घायुको कामना गर्दै महिलाहरुको बेचविखन, बलात्कारजस्ता हिंसाको अन्त्य गर्दै नेपाली माटो फुलाएर समृद्ध बनाउन गीतले आव्हान गरेको छ । यो तिहारलाई लक्षित गरी ल्याइएको यो गीत परम्परागत देउसी भैलोभन्दा पृथक र जनजागृतिपरक छ ।
गीतले परम्परागत देउसी भैलोका बीचमा जागरण फैलाउन मद्दत पुग्ने विश्वास लक्ष्मीको छ । उनले भनिन– गीतसंगीतले सन्देश दिन सक्नुपर्छ । मेरो गीतले सन्देशसहितको मनोरञ्जन दिने विश्वास लिएको छु ।
कलाकार गुरुङ जनयुद्धमा नेपालका पूर्वी बस्तीहरुमा जागरणका गीत गाउँदै हिंड्ने सांस्कृतिक योद्धा मात्र होइन, एउटै घरबाट तीन पुस्ताको बलिदानको इतिहास बोकेकी यौद्धिक त्रासदीकी साक्षी हुन् । उनका बुवा, श्रीमान र छोरीले युद्धकै बेलामा सहादत प्राप्त गरेका हुन् ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया