काठमाडौं । अभिनेत्री निशा अधिकारीले आफ्नो नामको पछाडि ‘मल्ल’ थर थपेकी छिन् । ३०औँ वर्ष पूरा गरेकी निशाले आफ्नो जन्मदिनका अवसरमा मल्ल थप थपेर निशा अधिकारी मल्ल बनेकी हुन् ।
निशाले बिहे गरेर मल्ल थर थपेकी भने होइनन् । निशाले आफ्नी आमा मल्ल रहेकाले आमाको थरलाई आफ्नो नामको पछाडि लगेर जोडेकी हुन् । उनले कहिले बिहे गर्नु हुन् त्यो भने केही खुलाएकी छैनन् ।
तराईलाई नेपालबाट टुक्राउने अभियानमा सक्रिय सीके राउतलाई जनकपुरमा गई भेट गरेर तस्बिर खिचेर फेसबुकमा पोष्ट भएपछि निशा बिबादमा आएकी थिइन् ।
उनी बेलाबेला बिबादमा आइ रहन्छिन् । निशाले आफ्नो नामको पछाडि मल्ल थर थपेर लेख्न थालेपछि उनको फेरि एकाएक चर्चा हुन थालेको छ ।
३०औँ जन्मदिन ‘कुम्भकरण’ फिल्मको छायाँकनका क्रममा प्यूठान जिल्लामा निशाले मनाएकी हुन् । ‘कुम्भकरण’लाई युवा निर्देशक दीपक वलीले निर्देशन गरेका छन् । ‘रोल्पा रोग’ निर्देशन गरेका वलीको यो दोस्रो फिल्म हो ।















प्रतिक्रिया