१ कार्तिक २०८३, आइतबार

मिस सिरहा इन्टरनेशनल सौन्दर्य प्रतियोगिता हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miss_siraha_internationalकाठमाडौं । कक्षा १० देखि स्नातकसम्म अध्ययनरत युवतीहरूका लागि लक्षित गर्दै ‘मिस सिरहा इन्टरनेशनल’ नामक सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

एड इन्सिपिरेशनले आयोजना गर्न लागेको प्रतियोगितामा जुनसुकै जिल्लाका प्रतियोगीले पनि सिरहा पुगेर सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगिताका कोरियोग्राफर आनन्द सिंहका अनुसार निश्चित क्षेत्र नतोकि सबै क्षेत्रका युवतीका लागि समावेशी सहभागिता दिलाउन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

‘हामी प्रतियोगीलाई प्रतियोगिता अवधिभर रनवे मोडलिङ, व्यक्तित्व विकास, आत्मविश्वास विकास, भाषण कला, पहिरनकलालगायत विषयमा प्रशिक्षण दिनेछौं’, सिंहले भने, ‘उनीहरूलाई फिटनेस, आउटडोर फोटोसेसन, स्पोर्टसलगायत क्रियाकलापमा पनि संलग्न गराउनेछौं ।’

उनका अनुसार सिरहामा पहिलोपटक हुन लागेको प्रतियोगितामा ५० जना युवतीको सहभागिता रहनेछ । प्रतियोगिताको शीर्ष उपाधि विजेताले ताजसँगै काठमाडौंमा आयोजना हुने ‘मिस ग्राण्ड नेपाल २०१७’ मा सहभागिता जनाउने पाउनेछिन् ।

काठमाडौंको प्रतियोगितामा पनि विजयी हुनेले युवतीले अमेरिकाको लसभेगासमा हुन लागेको ‘मिस ग्राण्ड इन्टरनेशनल २०१७’ मा सहभागिता जनाउन पाउनेछिन् ।

फिनालेको मिति हालसम्म नतोकिएको प्रतियोगिताका लागि आयोजकले आवेदन फाराम खुला गरिसकेका छन् ।