१ कार्तिक २०८३, आइतबार

‘बाहुबली’का हिरो प्रभासले कति लिन्छन् पारिश्रमिक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pravasमुम्बई । तेलेगु फिल्म अभिनेता प्रभासलाई ‘बाहुबली’ फिल्मले बलिउडमा परिचित गराएको हो ।

उनलाई प्रभासभन्दा पनि बढी बाहुबली नामले चिन्ने गरिएको छ ।

बहुबलीको सफलतापछि उनले एउटा फिल्ममा अभिनय गरेबापत २० करोड भारु पारिश्रमिक लिन थालेका छन् ।

प्रभासको पूरा नाम प्रभास राजु उप्पलापति हो । सन् १९७९ को अक्टोबर २३ मा जन्मिएका प्रभासले सन् २००२मा ‘ईश्वर’ नामक तेलेगु फिल्मबाट करिअर सुरु गरेका हुन् ।

ईश्वरपछि उनका ‘छत्रपति’, ‘बिल्ला’, ‘एक निरञ्जन’, ‘डार्लिङ’, ‘रिवेल’ र ‘मिर्ची’ फिल्म दर्शकमाझ आइसकेका छन् ।

उनले बलिउडको फिल्म ‘एक्सन ज्याक्सन’मा केमियो रोल गरेका थिए । अब उनको बहुप्रतीक्षित ‘बाहुबली–२’ अप्रिल १४ मा रिलिज हुँदै छ । – एजेन्सी