काठमाडौं, १२ कात्तिक । सरकारले तीन वटा सुरक्षा निकायसँग मिलेर हेटौंडा कपडा उद्योग पुन सञ्चालन गर्ने भएको छ ।
उद्योग विगत १६ वर्षदेखि पूर्ण रुपमा बन्द छ । उद्योग राजनीतिक हस्तक्षेपको सिकार भएको थियो । अक्षम व्यवस्थापानका कारण उद्योग घाटामा गएपछि २०५७ सालदेखि बन्द गरिएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकार, सशस्त्र प्रहरी, सेना र प्रहरीको २५–२५ प्रतिशत सेयर लगानी गरी उद्योग सञ्चालन गर्न लागिएको हो ।
उनका अनुसार बन्द उद्योग सञ्चालनका लागि तीनवटै सुरक्षा निकायले सहमति जनाइसकेका छन् । उद्योग सञ्चालन गर्न पहिलो चरणमा १० करोड रुपैयाँ लगानी गरिने भएको छ ।
दोस्रो चरणमा उद्योगको कोष २५ करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य राखिएको छ ।















प्रतिक्रिया