काठमाडौं । फिल्म निर्देशक अमर ओलीले मुस्ताङ जिल्लाको जोमसोङ पुगेर म्युजिक भिडियोको छायाँकन गरेका छन् । म्युजिक भिडियोको शूटिङ सकेर काठमाडौं फिर्ता भएका अमरले धमाधम प्राविधिक काम गरिरहेका छन् ।
पछिल्लो पटक ‘आरोप’ फिल्म निर्माण गरेका अमरले राजेश पाइल राई र अञ्जु पन्तले स्वर दिएको गीतमा म्युजिक भिडियो बनाएका हुन् । उनले भने, ‘प्रकृतिले अति सुन्दर रहेको मुस्ताङमा लोकेश हेर्नु पर्ने आवश्यक्ता नै थिएन । धमाधम छायाँकन गरियो ।’
गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् । व्यस्त संगीतकारमा पर्ने श्रेष्ठले यो गीतमा आफूले धेरै मिहिनेत गरेको बताएका छन् । उनको मिहिनेत अनुसार राजेश पाइल राई र अञ्जु पन्तले पनि राम्रोसँग गाएका छन् ।
म्युजिक भिडियोमा रोशन थापा र अनु शाहले मोडलिङ गरेका छन् । चिसो मौसममा छायाँकन गरिएको म्युजिक भिडियोमा क्यामरा मुकेश हुमागाइँले चलाएका छन् ।















प्रतिक्रिया