काठमाडौं । बलिउड अभिनेत्री नेहा धुपिया काठमाडौं आएर सोमबार नै भारत फर्केकी छिन् । काठमाडौं आएको समाचार कतै लिक नगरेर अभिनेत्री नेहा गुपचुप स्वदेश फिर्ता भएकी हुन् ।
स्पोर्टस् ब्राण्ड पुमाको आउटलेट शुभारम्भ गर्न नेहा नेपाल आएको उच्च स्रोतले जनाएको छ । काठमाडौंको दरबारमार्गमा खुलेको पुमाको आउटलेटको शुभारम्भ गर्दै नेहाले नेपाल र नेपालीका बारेमा धेरै सुन्ने गरेको बताइन् । उनले नेपाल र नेपालीसँग जोडिन पाउँदा खुसी लागेको पनि उल्लेख गरेकी छिन् ।
‘नेपाल मलाई विदेशजस्तो नै लाग्दैन, आफ्नै देश सम्झिन्छु’ अभिनेत्री नेहाले भनेकी छिन्, ‘नेपाली हावापानी र संस्कृतिले निकै आकर्षित पार्छ ।’ २००२ की मिस ईण्डिया नेहाले नेपाली माटो निकै मन पर्ने समेत बताइन् ।
अभिनेत्री नेहाले शुभारम्भ गरेको पुमा ब्राण्ड विश्वप्रसिद्ध स्पोर्ट्स ब्राण्ड हो । पुमाले फुटबल, दौड, गल्फ जस्ता विश्वप्रसिद्ध खेल सम्बन्धि सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ ।















प्रतिक्रिया