१ कार्तिक २०८३, आइतबार

मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे मीराको ‘बहार’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

002काठमाडौं । गायिका मीरा कार्कीको बहार एल्वम सार्वजनिक भएको छ । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता एवं वरिष्ठ संगीतकार प्रकाश गुरुङको सभापतित्वमा गायक किरण प्रधान, संगीतकार एवं गायक टीका भण्डारी, गायक जगतमर्दन थापा, पाकिस्तानी राजदूतलगायतका अतिथिहरुको हातबाट बहारलाई सार्वजनिक गरिएको हो ।

कार्यक्रमलाई स्वागत गर्दै गीतकार एवं बहार एल्बमका निर्माता विष्णु कार्कीले गीतसंगीतको क्षेत्रमा भएको यो सुरुवातले निरन्तर रुपमा मिरालाई सांगीतिक क्षेत्रमा क्रियाशील गराउने बताएका थिए ।

एल्बमको समीक्षा गर्दै गायक संगीतकार टीका भण्डारीले अब गायिका मिराको स्वर अनुसार निरन्तर गायनमै लागेदेखि सदाबहार बन्न सक्ने खुशी भएको बताए ।

गायक किरण प्रधानले गायिका मीरालाई गायिका बनाउने विष्णु कार्कीले गरेको मेहनतको प्रशंसा गरेका थिए ।

मदनकृष्ण श्रेष्ठले मिराको प्रगति दिनप्रतिदिन चुलियोस् भन्दै शुभकामना दिए । त्यस्तै कार्यक्रमका सभापति एवं गायिका मिरा कार्कीको गुरुसमेत रहेका संगीतकार प्रकाश गुरुङले आफूलाई नै थाहा नभई उनले एल्बम बजारमा ल्याएको देख्दा उनको मेहनत देखेर खुशी लागेको बताए ।