काठमाडौं, ११ कात्तिक । रोगसँग लड्न सक्ने क्षमता भएको कालो धान सिन्धुपाल्चोकमा पहिलोपटक उत्पादन भएको छ ।
नेपालमै दुर्लभ मानिने ‘जी– ६०’ नामक धान मेलम्ची नगरपालिकामा उत्पादन गरिएको हो ।
मेलम्चीका युवा कृषक कुमार सिग्देलले नयाँ प्रजातिको धान १४ रोपनी क्षेत्रफलमा लगाएर यो वर्ष झन्डै १ हजार ५ किलो उत्पादन गरेका हुन् ।
यो जातको चामलको रङ कालो र धान अन्यको तुलनामा केही फिक्का हुन्छ । पराल २ फिटको हुन्छ ।
जिल्लामै पहिलोपटक यो जात भित्र्याउने किसान सिग्देलका अनुसार नियमित खाएर यो धानको चामलबाट बनेका परिकारले विभिन्न खाले रोगसँग लड्ने क्षमता राख्दछ ।
आठ हजार वर्ष पहिले चीनमा खेती हुने गरेको यो जातको धान पाँच वर्ष पहिलेमात्र नेपालमा भित्रिएको हो ।
पहिले चीनलगायतका अन्य देशमा यो चामल राजाहरुले मात्रै खाने गर्थे । संसारमै महँगो धान र चामलमध्येको यो पनि एक भएको सिग्देलको भनाइ छ ।















प्रतिक्रिया