काठमाडौं, ११ कात्तिक । अमेरिकी सरकारले नेपाली आप्रवासीहरुलाई अध्यागमन सम्बन्धि अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, (टिपीएस)को सुविधालाई थप डेढ वर्षका लागि नवीकरण गरेको छ ।
‘अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ को सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिका अनुसार आगामी वर्षको जुन २४ सम्म यो सुबिधा बढाइएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
गत वर्षको महाभूकम्पलाई मध्यनजर गर्दै अमेरिकी सरकारले अमेरिकामा रहेका आप्रवासीहरुलाई गत वर्षको जुन २४ मा पहिलोपटक टिपीएसको सुविधा प्रदान गरेको थियो ।
सुविधाको अवधि आगामी डिसेम्बरमा समाप्त हुन गइरहेको पृष्ठभूमिमा मंगलबार अवधि नवीकरण गरिएको हो ।















प्रतिक्रिया