१२ कार्तिक २०८३, बिहिबार

सशस्त्र प्रहरीमा तल्लो र माथिल्लो तहका हाकिमवीच यसरी भयो बिबाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Durjakumar Rai Apf AGPकाठमाडौं, ११ कात्तिक । सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि एसपी तहसम्मका सशस्त्र प्रहरी अधिकारीको पोसाकमा रहेको कलर डक्स हटाउने तयारी गरेपछि संगठनमा असन्तुष्टि बढेको छ ।

सर्टको कलरमा रहने उक्त चिहन एसएसपी तहदेखि माथिल्ला अधिकारीले मात्रै लगाउन पाउने नियम बनाउने तयारी गरेपछि सशस्त्रका तल्लो तहका अधिकृत असन्तुष्ट भएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

नेपाली सेना र नेपाल प्रहरीमा मध्यम तहका अधिकृतले समेत पोसाकमा कलर डक्स लगाउने प्रचलन रहे पनि सशस्त्रमा मात्र विभेद गर्ने प्रयास गरिएको भन्दै केही अधिकारीले सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईलाई भेटेर असन्तुष्टि जनाएको स्रोतले जानकारी दियो ।