१ कार्तिक २०८३, आइतबार

धावनमार्गमा ‘मरेको चिल’ हटाउन २ घन्टा लाग्ने, ‘ज्यूदो लोकमान’लाई तुरून्तै हटाउने रे!

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepakraj0giri

काठमाडौं । कलाकार दीपकराज गिरीले अख्तियार प्रमुख लोकमानसिंह कार्की महाअभियोग प्रकरणमा नेताहरुप्रति व्यंग्य हानेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत दीपकले मंगलबार राति धावनमार्गमा चरा मर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई घण्टा बन्द भएको समाचारलाई जोड्दै लोकमानलाई महाअभियोगबाट तुरुन्तै हटाउन कस्सिएका नेताप्रति व्यंग्य हानेका हुन् ।

उनले लेखेका छन्– ‘धावनमार्गमा एउटा ‘मरेको चिल’ हटाउन २ घन्टा लाग्ने देशमा, ‘ज्यूदो लोकमान’लाई तुरून्तै हटाउने रे! गफाडिको गफ ।’