१ कार्तिक २०८३, आइतबार

राष्ट्रकविले गरे ‘मिस्ड कल’को विमोचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-ghimire-bimochan-missed-call
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले बुधबार साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को नयाँ उपन्यास ‘मिस्ड कल’को विमोचन गरे ।

९६ वर्ष उमेर पुगिसकेका कविवरले उत्तर आधुनिक युवक–युवतिको प्रेम कथामा आधारीत उपन्यास मिस्ड कलको विमोचन गरेपछि आफुमा पनि सोही उमेरको रहरलाग्दो वैंशालु भाव जागेको बताए ।

‘हाम्रो पालामा मिस्ड कल दिने चलन थिएन, फोन वोन पनि थिएन । उही हेराहेर ग¥यो, मन परायो, कुरो मिले विवाह ग¥यो, नमिले कुरो खत्तम’, उनले मुस्कुराउँदै भने, ‘अहिले त काइदाका चिज आएका छन् । फेसवुक भन्छन्, फोनमा बात मा¥याछन् ।’

राष्ट्रकविले युवा पुस्तामा बढदै गएको साहित्य चेत देख्दा आफुलाई खुशी लागेको बताए । महाकाव्य लेखिरहेका घिमिरेले युवा पुस्ताका किताबहरु आफुलाई निकै मन परेको बताउँदै साहित्यकार सुरेन्द्र महर्जनको कृति साँच्चीकै अमर होस् र यसले प्रेमको सुवास मखमली र सयपत्री झैं फैलाओस् भन्ने सुभकामना पनि दिए ।

विदेशमा बस्ने एक नेपाली युवाले कसैलाई अज्ञानताबस गरेको मिस्ड कलले अन्ततः कुनै युवतिको जिवनलाई कसरी बदलीदिन्छ र मान्छेको भाग्यमा कसरी उतार चढाव आउँछ भन्नेबारेमा उपन्यास मिस्ड कलमा प्रकाश पारीएको उपन्यासका सम्पादक पत्रकार कुसुम भट्टराईले बताए ।

‘मिस्ड कल आयो भन्दैमा डराउनुपर्दैन, त्यो सही नम्बर पनि हुनसक्छ’, भट्टराईले भने, ‘एउटा मिस्ड कल अन्ततः जिवनको सार्थक फल पनि हुनसक्छ भन्ने उपन्यासमा दर्शाउन खोजिएको छ ।’

मिस्ड कल महर्जनको १४ औं कृति हो । यसअघि उनको उपन्यास ‘अनुश्का’ बजारमा आइसकेको छ । उपन्यास लेखक महर्जनले कविता, गीत, मुक्तक, हाइकु, तान्का, कथा, लघु कथा, गिती नाटक, उपन्यास आदि विभिन्न क्षेत्रमा कलम चलाउँदै आएका छन् । उनले भने, ‘मेरो लागि साहित्य लेखन एउटा नशा हो । मैले लेख्न थालेको धेरै भयो, तर लेखनको लत छोडन सकेको छैन ।’

मिस्ड कलका निशा र विवेक वास्तविक पात्रहरु भएको बताउँदै महर्जनले भने, ‘ति वास्तविक पात्रहरुसँग कुराकानी गरेरै मैले यो उपन्यासको प्लट तयार गरेको हुँ ।’ मिस्ड कलबाट सुरु भएको प्रेम फेसबुक च्याटीङ, भाइबर टकीङ र डेटीङ हुँदै वेडिङमा टुँगीएको उनले बताए ।