१ कार्तिक २०८३, आइतबार

पैसाको तागतबारे हरिवंशले गाए यस्तो गीत (भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jatra

काठमाडौं । कात्तिक २६ देखि प्रदर्शनमा आउन लागेका फिल्म ‘जात्रा’ को गीत सार्वजनिक गरिएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको पैसा बोलको गीत सार्वजनिक गरिएको हो ।

प्रदर्शन मिति नजिकिँदै गर्दा प्रोमोशनस्वरुप गीत सार्वजनिक गरिएको जात्रा फिल्मका निर्देशक प्रदीप भट्टराईले जानकारी दिएका छन् । भट्टराईले १२ वर्ष मह जोडीसँग काम गरिसकेका छन् । मह सञ्चारले निर्माण गर्ने फिल्म निर्देशनको जिम्मा समेत प्रदिपलाई नै दिने समाचारसमेत सार्वजनिक भइसकेका छन् ।

फिल्मको विषयवस्तुसँग मेल खाने गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको निर्माता एवं कलाकार रबिन्द्रसिंह बानियाले जानकारी दिएका छन् ।

फिल्मको लागि आफैँले गीत लेखेर गाउन पाउँदा आफुलाई निकै खुशि लागेको हरिवंश आचार्यले बताएका छन् । गाउनका लागि केहि कठिन भएपनि गीतमा एउटा कथा रहेको उनको भनाई छ । शशी रावलको समेत स्वर रहेको गीतमा रोशन थापाले संगीत भरेका छन् ।

हेर्नुस् भिडियोः