१२ कार्तिक २०८३, बिहिबार

यस्तो कुरा राष्ट्रपतिलाई के थाहा!

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-bhandari-1

काठमाडौं, १० कात्तिक । हुन त आममाफीको घोषणा गर्ने राष्ट्रपतिलाई के थाहा, यसपछि रहेका छलछाम र कुकृत्यबारे। जेलर, कारागार व्यवस्था विभाग र गृह मन्त्रालयका हाकिमले संविधान दिवस र दशैँजस्ता राष्ट्रिय पर्वमा कैदी बन्दीलाई दिइने माफी मिनाहाको सिफारिसमा के-कतिसम्म आर्थिक चलखेल गर्छन् भन्ने यो बलियो उदाहरण हो।

 संविधान दिवसको अवसरमा ५३७ जना कैदीबन्दीले आममाफि पाएर बाँकी कैद भुक्तान गर्नुपरेन। त्यसैगरी, दशैँ फूलपातीको दिन पनि १०४ जनाले त्यस्तै उपहार पाए। जसमध्ये एक जना थिए, भारतको पञ्जाव प्रान्त होसियारपुरमा स्थायी बसोबास रहेका रोजित सिंह। उनको कसुर चानचुने थिएन, उही भारतले नेपाली भूमि प्रयोग गरी पाकिस्तानी खुफिया एजेन्सी आइएसआईले नक्कली आइसी कारोबार गरे भनेर पटक-पटक टाउको दुखाउने जाली नोटकै कसुर गरेका थिए। तर, भारु होइन, उनी मेसिन राखेर नेपाली नोट छाप्थे, भक्तपुर ठिमीस्थित डेरामा। यही कसुरमा ०६८ साल असोज १२ गते पक्राउ परेका उनलाई १० वर्ष कैद र १६ हजार ५ सय जरिवाना घोषणा भयो। तर, कारोबार नै ‘कान्छी नानीको’ पैसाको के कमी! आधा सजाय अर्थात् ५ वर्ष ६ दिन पुरा हुनासाथ नेपाली राष्ट्पतिको निगाहा पाए। तर, त्यो माया पक्कै कमजोर कसुरमा पुरै सजाय भोग्न बाध्य त्यही डिल्लीबजारस्थित कारागारमा धेरै छन् जहाँबाट गएको फूलपातीको दिन छाती ठोक्दै उनी बाहिरिए।

जनआस्था साप्ताहिकमा समाचार छ ।