१९ कार्तिक २०८३, बिहिबार

राजीव पहारीले मलेसियाबाटै भने- लोकमान नियुक्त गर्नेलाई पनि छाड्दैनौं

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahari

काठमाडौं, ९ कात्तिक । मुलुकमा अहिले लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव राष्ट्रिय एजेन्डा बनिरहेको बेलामा मुलुककै सबैभन्दा ठूलो दलमध्ये नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीब पहारी भने पार्टीको प्रवासी मञ्चको कार्यक्रममा ब्यस्त छन् ।

अक्टोबर २५ तारिख (मंगलबार) मलेसियाको जोहोरबारूको स्कुडाई स्थिति एक होटलमा प्रवासी नेपाली मञ्च जोहोर राज्य कमिटीले राखेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पहारीले लोकतन्त्रकै खिल्ली उडाउने लोकमानको दिनगन्ति सुरू भएको बताउनुभयो ।

लोकमान सिंह कार्कीको नियुक्ति हुँदा देखिनै युवा संघले बिरोध गरेको स्मरण गर्दै उहाँँले ५ महिना अघिमात्र लोकमानले अख्तियार जस्तो राज्यको संबेदनशील अङ्गमा बसेर डा. गोविन्द केसीलाई पागल भन्दा के अख्तियार भनेको मानसिक अस्पताल हो भन्दै पत्रकार सम्मेलन गरेर यसको बिरोध गरेको बताउनुभयो ।

उहाँले युवा संघ भनेको विधिको शासन र लोकतन्त्र मान्ने संगठन भएको बताउनुभयो । त्यसकारण लोकमानको अलोकतान्त्रिक पनको घोर बिरोध गर्दै यो लोकमान सिंह कार्कीको मात्र बिरोध नभई लोकमान प्रवृत्तिको बिरोध भएको बताउनुभयो ।

अब यो मुलुकमा सम्पूर्ण युवा शक्तिहरु मिलेर आन्दोलनको आधिबेरी सृजना गरेर भएपनि लोकमान प्रवृत्तिलाई अन्त्य गर्ने बताउँदै अध्यक्ष पहारीले यो चुनौती लोकमानलाई मात्र नभएर लोकमान जस्तो नियुक्ति गर्नेहरुलाई पनि भएको बताउनुभयो ।

उक्त कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष बिष्णुहरी भण्डारीले गर्नुभएको थियो । प्रवासी नेपाली मञ्च मलेसियाको आयोजनामा भोलि कात्तिक १० गते मलेसियाको क्वालालम्पुरमा अगुवा कार्यकर्ताको भेला आयोजना गरिएको कुरा प्रवासी नेपाली मञ्च मलेसियाका केन्द्रीय महासचिव दयाराम कुमालले जानकारी दिनुभयो ।