काठमाडौं, ९ कात्तिक । शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीले राष्ट्रिय सचिवको जिम्मेवारी गजेन्द्र मण्डललाई दिएको छ ।
रामसपाका महासचिव एवम् प्रवक्ता केशव झाका अनुसार पार्टीले सचिवको जिम्मेवारी मण्डललाई दिएको हो । मण्डललाई अध्यक्ष शरतसिंह भण्डारीले सचिवमा पार्टीको विधान २१ (२) अनुसार मनोनीत गरेका हुन् ।
‘गजेन्द्र मण्डलले पार्टीभित्र गरेको योगदान र लगनका कारण राष्ट्रिय सचिवको जिम्मेवारी दिइएको छ’, झाले भन्नुभयो, ‘पार्टीको गरिमा र सांगठनिक काममा उहाँको पहिलाकै जस्तै योगदान रहनेछ ।’












प्रतिक्रिया