काठमाडौं, ९ कात्तिक । ख्याती प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नैपर्ने १० देशको सूची सार्वजनिक गरेको छ । जसमा नेपाल पाँचौ स्थानमा परेको छ ।
२०१७ मा घुम्नै पर्ने ठाउँहरुको सूचीको पहिलो नम्बरमा क्यानडा छ । कोलम्बिया दोस्रो, फिनल्याण्ड तेस्रो स्थानमा परेको छ ।
अष्ट्रेलियामा रहेको यो कम्पनीले हरेक वर्षको अन्त्यमा घुम्नै पर्ने देशहरुको सूची सार्वजनिक गर्दै आएको छ । गत वर्ष २०१६ का लागि सार्वजनिक गरेको यस्तै सूचीमा नेपाल पहिलो स्थानमा परेको थियो ।













प्रतिक्रिया