१९ कार्तिक २०८३, बिहिबार

नक्सालमा प्रहरी हेडक्वार्टर नजिकै जुवातास खेल्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

juwatassकाठमाडौँ, ९ कात्तिक । नेपाल प्रहरीको हेडक्वार्टर रहेको राजधानीको नक्सालमा जुवातास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–१ नक्साल भगवतीबहाल स्थित होटल गणपतिको पहिलो तलाको कोठा नम्बर १०५ मा बसी जुवा (कौडा) खेलिरहेका बुढानिलकण्ठ नगरपालिका–४ कपन बस्ने ३३ बर्षीय राजुकुमार अधिकारी सहित १६ जनालाई महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले सोमबार राति नगद २५ लाख ६४ हजार १ सय रुपैया र कौडा १६ थान सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।