महेन्द्रनगर, ९ कात्तिक । नेपाली विद्यार्थी गंगादत्त अवस्थी भारतको एउटा प्रसिद्ध विश्वविद्यालयको एमएससी एजी मा सर्वोत्कृष्ट अंक ल्याउन सफल भएका छन् ।
कञ्चनपुर पुर्नवास स्थायी घर भएकी गंगादत्त सन् २०१५ मा एमएससी एजीअध्ययन गर्ने उद्देश्य लिएरभारतीय दूताबासको नेपाल ऐड फण्ड छात्रवृत्ती छोनोट भएर राजस्थान गएका थिए् । भारतको प्रसिद्ध स्वामी केशवानंद राजस्थान कृषि बिश्वबिद्यालयकलेजबाट अध्ययन गरेक गंगादत्त कलेजकै टप मात्र नभइ विश्वविद्यायकै सर्वोत्कृष्ट भएर निस्किए ।
स्वामी केशवानंद राजस्थान कृषि बिश्वबिद्यालयमा टप गर्न सफल भएका गंगादत्तले बागवानी बिषयमा गोल्ड मेडल प्राप्त गरे । यो मेडल एमएससी एजीमा सर्वा्धिक अंक ल्याएर विश्व विद्यालय टप गर्ने एक जनालाई मात्र प्रदान गरिन्छ, जुन यसपाली गंगादत्तले हात पारे ।
स्वामी केशवानंद राजस्थान कृषि बिश्वबिद्यालयको १४ औँ दीक्षान्त समारोहमा नेपाली विद्यार्थी गंगादत्त अवस्थीलाई राजस्थान राज्यका कृषि एवम् पशुपालन मन्त्री प्रभुलाल सैनीले गोल्ड मेडल प्रदान गरेका हुन् ।
दीक्षान्त समारोहमा भारतीय कृषि अनुशंधान परिसदका उपमहानिर्देशक डा. एनएस राठैंड लगायत विशिष्ट व्यक्तिहरूको उपस्थति रहेको थियो ।
यही कातिक ४ गतेआयोजित दीक्षान्त समारोहमा उनलाई गोल्ड मेडल प्रदान गरी सम्मानित गरिएको हो ।












प्रतिक्रिया