२ कार्तिक २०८३, सोमबार

पाइपलाइनबाटै बल्यो ग्यास ! केपी ओलीले देखेको सपना पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pipe-line-gas-lalitpur
पाइप लाइनबाट आएको प्राकृतिक ग्यास बाल्दै उद्योगमन्त्री नविन्द्रराज जोशी र खानी तथा भूगर्भ विभागका कर्मचारी ।

काठमाडौं, ८ कात्तिक । शुक्रबार दिउँसो ललितपुर इमाडोलमा पाइपबाट ग्यास बालिएको छ । शुक्रबार दिउँसो ३ बजेतिर उद्योगमन्त्री नविन्द्रराज जोशीले पाइपबाट ग्यास बालेर देखाएका थिए ।

ग्यास प्लान्ट वैदेशिक सहयोग नभई नेपाल सरकारको खर्चमा निर्माण भएको र यसका लागि लागि झन्डै रु १५ लाख खर्च भएको बताइएको छ ।

एकवर्ष अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीले पाइपबाट ग्यास बाल्ने अभिव्यक्ति दिएपछि उनको सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो ।

शुक्रबार गरिएको परीक्षणले ओलीले बोलेको कुरा सम्भव र पाइपलाइनबाट घर घरमा ग्यास बाल्न सकिन्छ भन्ने प्रमाणित गरेको छ ।