काठमाडौँ, १६ भदौ । ऋण असुली न्यायाधीकरण पुनरावेदन न्यायाधीकरणका श्रेस्तेदार विष्णुप्रसाद पाण्डेयले आफुले लेखेको पुस्तक बिक्रीवाट उठेको रकमको पाँच प्रतिशत रकम संबैधानिक तथा न्यायिक पत्रकार मञ्चलाई हस्तान्तरण गर्नुभएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामतिका केन्द्रीय अध्यक्ष समेत रहनु भएका पाण्डेयले आफुले गतवर्ष प्रकाशित गरेको नेपाल कानुनमा माक्र्सबादः प्रयोग र विकास नामक पुस्तक बिक्रिवाट उठेको रकमको पाँच प्रतिशतले हुन आउने १२ हजार पाँच सय रुपैया मञ्चको कार्यसमितिलाई हस्तान्तरण गर्नुभएको हो ।
पाण्डेयले प्रथम सस्करणको बिक्रीवाट उठेकोर रकमबाट मञ्चका अध्यक्ष डिल्ली आचार्यलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । नेपाल कानुनमा माक्र्सवाद सम्वन्धि दर्शन समेटिएको उहाँको पुस्तक हालसम्म पाँचौ संस्करणसम्म छापिसकेको छ ।
पाण्डेयको नेपालमा निजामति प्रशासन नामक पुस्तकसमेत भर्खरै बजारमा आइसकेको छ ।















प्रतिक्रिया