झापा, ८ कात्तिक । गौरीगंज–७ सुदामभिट्टा बस्ने ४५ वर्षीया फुलोदेवी यादवको कुटपिटबाट सोमबार मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनलाई उनकै श्रीमान् ५० वर्षीय हरिनारायण यादवले कुटपिट गर्दा मृत्यु भएको हो ।
कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि को.२ प ४४२२ नम्बरको मोटरसाइकलमा फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटि गएको प्रहरीले फरार अभियुक्तको खोजी तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया