काठमाडौ, ८ कात्तिक । युवा संघ नेपालको केन्द्रीय कार्यालयमा भोलि ३ बजे लोकमानसिह कार्कीबिरुद्ध गर्ने संसद भवन घेराउ कार्यक्रमका लागि तयारी बैठक सम्पन्न भएको छ ।
बैठकको प्रमुख अतिथिको रुिपमा सम्बोधन गर्नुहुदै नेकपा एमालेका युवा फाँट इन्चार्ज एवम् नेपाल सरकारका पुर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले लोकमान सिह कार्कीको नियुक्त नै नेपाललाई विकास हुनबाट बन्चित गराउन, मुलुकलाई आत्म निर्भरता हुन नदिन र कसैको इसारामा चलिरहोस् भन्नका निमित्त कसैको ग्राण्ड डिजाइनमा नियुक्त भएको बताउनुभयो ।
लोकमानको यो अलोकतान्त्रिक पन उनी नियुक्त भएदेखि नै शिक्षा क्षेत्रबाट सुरु भएको बताउदै अहिले अनको अलोकतान्त्रिक पनले सिमा नाघिसकेकोले अब अनको निलम्बन बाहेक अरु कुनै बिकल्प नभएको बताउनु भयो । यसको लागि सम्पूर्ण ढंगले बिचार पुर्याएर सबै दलका युवा संगठनलाई सहभागी गराई यो दबाब अभियान सफल पार्न उहाले सुझाव दिनुभयो ।
बैठकको अध्यक्षता गर्दै संघका कार्यवाहक अध्यक्ष दिलु पन्तले सम्पुर्ण उपत्यकाको कमिटी बिभागीय कमिटी हरुलाई बढी भन्दा बढी जन सहभागीता गराउन निर्देशन दिँदै कार्यक्रम सफलताको निम्ति उपस्थित पदाधिकारीलाई कार्य बिभाजन गर्नु भयो ।
उक्त बैठकको सन्चालन संघका महासचिव किरण पौडेलले गर्नुभएको थियो । संघका उपाध्यक्ष रमेश पौडेलले कार्यक्रममा हजारौंको सहभागिता हुने विश्वास लिनुभएको युवा संघका नेता सन्तोष सिलवालले बताउनु भयो ।













प्रतिक्रिया