३ कार्तिक २०८३, मंगलबार

दासानायके नेपाली क्रिकेट टीम सम्हाल्दै कम्तीमा १० महिना नेपाल बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pubudu-dasanaikeकाठमाडौं, १६ भदौ ।  नेपाली क्रिकेटका प्रशिक्षक श्रीलंकालीमूलका क्यानेडियन पुबुदु  दासानायके अब नेपालमा कम्तीमा १० महिना बस्ने भएका छन् ।

उनीसँग सोमबार खेलकुद मन्त्रालयले १० महिने सम्झौता गरेपछि उनको त्यति समय नेपाल बस्ने निश्चित भएको हो ।

मन्त्रिपरिषद्को पूर्वनिर्णय अनुसार खेलकुद मन्त्रालयले औपचारिक रुपमा उक्त सम्झौता गरेपछि अब उनले मासिक १० हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन्  ।

उनले बसोबार तथा अन्य खर्चका लागि मासिक दुई लाख रुपैयाँ अतिरिक्त खर्च पाउने छन् ।

मन्त्रालयका सहसचिव चुडामणि गौतम र प्रशिक्षक पुबुदुले उक्त सम्झौतामा  हस्ताक्षर गरेका छन् ।

उनको करार अवधि सोमबारबाटै लागू भएको छ । उनले सिनियरसँगै यू–१९ राष्ट्रिय टोली समेत सम्हाल्नेछन् ।

नेपाल क्रिकेट संघ क्यानले उनको सम्झौता नवीकरणबारे कुनै औपचारिक पहल नगरेपछि उनी क्यानाडा फर्केका थिए ।

खेलाडीहरुको विरोधपछि खेलकुद मन्त्रालयले उनको पारिश्रमिक दिने घोषणा गरेको थियो । त्योसँगै उनलाई नेपाल ल्याउने प्रयास भएको थियो ।