१९ कार्तिक २०८३, बिहिबार

घारीपाटन टोल विकास संस्थामा देबेन्द्र क्षेत्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ कात्तिक । घारीपाटन टोल विकास संस्था पोखरा १७ को वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले देवेन्द्र क्षेत्रीको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

दुई बर्षेकार्य काल रहेको सो संस्थाको उपाध्यक्षमा संझना हमाल, सचिवमा शान्ति आचार्य,सहसचिवमा बिचित्रा भुजेल, कोषाध्यक्षमा हिरा अधिकारी तथा सदस्यहरुमा लक्ष्मी थापामगर,गंगा कुवर,कमला सुनार,मन्जु गुरुङ र मिना के.सी. रहनु भएकोछ ।

पोखरा उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख ओमराज पौडेलले सो अधिवेशनको उद्घाटन गर्दै पोखरालाई प्लाष्ट्किा काने झोला र गिलास प्रयोग मुक्त कार्यक्रमलाई सफल बनाउन टोल विकास संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जानकारी दिनु भयो ।

कार्यक्रममा संस्थामा महत्वपूर्ण सहयोग पुर्‍याउनु हुने स्थानीय समाज सेवी बैकृण्ठ लाल जिसिलाई दोसल्ला ओढाएर सम्मान गरिएको यियो ।

संस्थाकी अध्यक्ष रञ्जिता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मी हरि वास्तोला, नयाँ शक्ति पार्टीका नेता टिकाराम पौडेल,अन्तराष्ट्यि पर्वतीय संग्रहालयका प्रमुख बल प्रसाद राई,छहारी टोल विकास संस्थाका अध्यक्ष लिल वहादुर जि.सी,पाण्डव टोल विकास संस्थाका अध्यक्ष तुल्सी राना,तल्लो रातोपैह्रा टोल विकास संस्थाका अध्यक्ष प्रकाश रेग्मी,नेकपा एमाले वडा सचिव लाल वहादुर राना लगायतले बोल्नु भएको थियो ।

संस्थाका सचिव रश्मि सुवेदीले संचालन एवंम कोषाध्यक्ष देवीलाल पौडेलले १९ लाख ५१ हजार १६९ रुपैयाको आयाव्यय प्रस्तु गर्नुभएको कार्यक्रममा हिरा अधिकारीले स्वागत गर्नुभएको थियो । रासस हरि वास्तोला पोखरा ।