युएई । युएईबाट म्युजिक भिडियो बन्ने क्रम बढेसंगै मोडलिङमा रहर गर्ने नयाँ नयाँ व्यक्तिको आगमन बढेको छ । समाजसेवीको पहिचान बनाएका युवा समाजसेबी बलराम कुइकेलले मोडलिङ गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मोफसल मिडिया गु्रपको ब्यानरमा गायक तराबिर पाण्डेको स्वर संगीतमा सजिएको गीत ‘माया गर्नु पराईलाई नी आफन्त नै ठानी’ बलराम कुइकेलको साथमा नया मोडल अनु श्रीले पनि माडलिङ गरेकी छन ।
प्रेम यादकर हुन्छ, प्रेमले मान्छेलाई कल्पनाको संसारमा पनि आनन्दित गराउँछ भन्दै सुन्दर पन्तले मार्मिक शब्दलाई गीत बनाएका छन् । म्युजिक भिडियोलाई रोहित बिक्रम कार्कीले छायांकन गरेका छन् । पुस्कर शर्माले निर्देशन गरेको म्युजिक भिडियो सम्पादन सुरेश रावतले गरेका छन ।
युएईको बिभिन्न रमणीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियो आज युटुप बाट सार्बजनिक गरिएको हो । प्रतिभासाली गायक ताराबिर पाण्डेको सुन्दर सपना एल्बममा रहेको गित ‘माया गर्नु पराईलाईनी आफन्तनै ठानी’ उत्कृष्ट म्युजिक भिडियो बनेको पाण्डेले मोफसललाई बताए । प्रेममा असम्भव हुदैन भन्ने सन्देश रहेको गीतलाई सरलशैलीमा कलात्मक रुपमा जिबन्त अभिनयबाट म्युजिक भिडियो बनेको बताउदै छायाँकार रोहित बिक्रम कार्कीले नया कलाकारसंग कामगर्दा पनि स्तरीय भिडियो बनेको दाबि गरेका छन् ।
बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियासिल युवा समाजसेबी बलराम कुइकेलले सानैदेखीको आफनो सपना पूरा गर्न कलाकारिता क्षेत्रमा लागेको बताउछन । पछिल्लो समय युएईमा म्युजिक भिडियो उत्पादन गर्दै आएको मोफसल मिडिया गु्रपले म्युजिक भिडियो बनाएको हो ।
















प्रतिक्रिया