१९ कार्तिक २०८३, बिहिबार

माल्दिभ्सका सेना प्रमुख नेपाल भ्रमण सकेर स्वदेश फिर्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maldives-army-chief

काठमाडौं, ७ कात्तिक । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आएका मित्रराष्ट्र माल्दिभ्सका माल्दिभ्स नेशनल डिफेन्सका प्रमुख म्याज गेन अह्मेद शीयम आफ्नो ६ दिने औपचारिक भ्रमण गरि शनिबार स्वदेश फिर्ता भएका छन् ।

म्याज गेन अह्मेद शीयम लाई उपरथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उनले भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, प्रधान सेनापति लगायत अन्य उच्चपदस्थ सैनिक व्यक्तिहरुसँग समेत भेटवार्ता गरेका थिए ।

साथै उनले नेपाली सेनाको पोखरास्थित पश्चिम पृतना मुख्यालय, शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज, खरिपाटी स्थित नेपाली सैनिक प्रतिष्ठान, पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र कसरा स्थित श्रीजंग गणको निरीक्षण भ्रमण गरेका थिए ।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको नेपाल भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुगेको नेपाली सेनाले विश्वास लिएको छ ।