काठमाडौँ, १६ भदौ । नेपाल राष्ट्र बैंकमा संस्थागत सुधार र सुशासन कायम नभएको भन्दै नेपाल वित्तीय कर्मचारी सङ्घले व्यवस्थापनविरुद्ध आन्दोलन गर्दै आएको छ ।
व्यवस्थापनले एकपक्षीय, विभेदपूर्ण, अपारदर्शी ढङ्गले काम गर्दै आएको आरोप लगाउँदै सङ्घले यही शुक्रबारदेखि आधिकारिक ट्रेड युनियनको निर्वाचन, लामो समयदेखि करारमा कार्यरत कर्मचारीको स्थायी, केन्द्रीय बैंकको अवसरलाई कर्मचारीहरूमा न्यायोचित वितरण गर्नुपर्ने माग अघि सारेको छ ।
सङ्घका अध्यक्ष पद्मराज रेग्मीले कर्मचारीको गिर्दो मनोबल बढाई केन्द्रीय बैंकको साख जोगाउन, टक्सार महाशाखामा कर्मचारीमैत्री वातावरण सिर्जना गर्न र बढुवाको मापदण्डमा एकरूपता ल्याउन आन्दोलन थालिएको जानकारी दिनुभयो ।
आन्दोलनरत कर्मचारीहरूले गभर्नर डा. युवराज खतिवडा र डेपुटी गभर्नरलाई सोमबार आधा घण्टा कार्यकक्ष जान अवरोध गरेका थिए । रासस














प्रतिक्रिया