१ कार्तिक २०८३, शनिबार

तीस प्रकारका जडीबुटी निकासी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jadibutiजाजरकोट, ७ कात्तिक । जाजरकोट धेरै प्रकारका जडीबुटी पाइने जिल्लामा पर्दछ । विगत ५ वर्षमा विभिन्न ६१ प्रकारका जडीबुटी सङ्कलन तथा बिक्री–वितरणका लागि अनुमति दिइएको छ ।

जिल्ला वन कार्यालय जाजरकोटले आर्थिक वर्ष २०७१/७२ मा ३० प्रकारका जडीबुटी सङ्कलन तथा निकासीबाट १६ लाख ८५ हजार नौ सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । दुई लाख चार हजार ४० केजी जडीबुटी सङ्कलनबाट उक्त राजस्व सङ्कलन भएको जानकारी दिइएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा दुई लाख पाँच हजार तीन सय पाँच केजी जडीबुटी सङ्कलन गरी राजस्व १७ लाख १३ हजार पाँच सय ९५.४७ रुपैयाँ सङ्कलन भएको जिल्ला वन कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

जडीबुटीमध्ये टिम्बुर ६३ हजार पाँच सय, चुके जरा ३८ हजार तीन सय २५, रिट्ठा १८ हजार पाँच सय, जटामसी (भुल्ते) १२ हजार आठ सय २५, कुट्की नौ सय ५० र सिलाजित एक सय केजी सङ्कलन गरी निकासी भएको जिल्ला वन कार्यालय जाजरकोटका प्रशासन शाखाका नायब सुब्बा ऋषदेव खनालले जानकारी दिनुभयो ।

त्यसैगरी काउलो बोक्रा १६ हजार दुई सय, पासांवेद २४ हजार चार सय, चिराइतो चार सय ४०, अल्लो दुई हजार एक सय, पदमचाल आठ हजार सात सय ५०, गच्छिच्याउ दुई सय, सुगन्धवाल छ सय ११, विषजरा एक सय ३०, अमला दुई सय, बोजो जरा नौ हजार तीन सय, काँकडसिगी एक सय ८०, चिउरी एक हजार छ सय, भृङ्गराज एक हजार पाँच सय, मह तीन हजार पाँच सय ४०, तेजपात २६ हजार नौ सय, सिस्नु दुई हजार ५०, आतिस एक, सेतो चिनी ०.५, चुक्रो चार हजार पाँच सय ५०, कुरिल्लो जरा सात सय पाँच, गुर्जाे लहर सात हजार आठ सय ५०, कालादाना एक सय र लोक्ता पाँच हजार छ सय केजी सङ्कलन भएको वन कार्यालयले जनाएको छ ।

जिल्लामा पाइने ओखरको बोक्रा, पाँच औले सङ्कलन गर्न रोक लगाइएको नायब सुब्बा खनालले बताउनु भयो ।

वन पैदावारबाट फाइदा लिन स्थानीयस्तरमा केही उद्योग खोलेमा रोजगारी पाउन सकिने र हाल ढिमे र मजकोटमा एक–एकवटा अल्लो प्रशोधन र नेपाली कागज उद्योग दुई, नायवाडामा दुई र दहमा एउटा हातेकागज उद्योग रहेको छ ।

यसरी धेरै अवसर रहेकाले वनको सही सदुपयोग गर्नुपर्ने भावी सन्ततिलाई फाइदा पुग्नेगरी वनको प्रयोग गर्न जिल्ला वन कार्यालयले सबैमा अनुरोध गरेको छ । रासस