२ कार्तिक २०८३, सोमबार

मौरीपालन व्यवसायबाट लाखौँको रकम भित्रिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bee Mouriसल्यान, ६ कात्तिक । कालीमाटी गाविसका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित भएका छन् ।

कम लगानी र धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसायबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको कालीमाटी–३ सिमलकुनाका कुलप्रसाद भण्डारीको भनाइ छ ।

उहाँले भन्नुभयो, “मौरीपालन व्यवसायबाट वार्षिक रु दुई लाख ५० हजार आम्दानी हुन्छ ।”

कालीमाटी गाविसका सिमलकुना, खैरीकाँडा लगायत जङ्गलमा चिउरी प्रशस्त मात्रामा पाइने भएकाले पनि सो ठाउँ मौरीपालनका लागि उपयुक्त छ । मौरीलाई आवश्यक पर्ने फूल जङ्गलमा पाइने भएकाले मौरीपालन व्यवसाय फस्टाएको कृषकको भनाइ छ । रासस